बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

सोमबार, १६ चैत २०८२, १० : ०४
सोमबार, १६ चैत २०८२

सारांश

  • मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा १,३५८ जनाको आँखा परीक्षण गरियो।
  • शिविरमा ५१ जनामा मोतियाबिन्दु देखिएपछि हिमालयन आँखा अस्पतालमा शल्यक्रिया गरियो।
  • आँखा उपचारपछि वृद्धवृद्धाहरू आफैँ घर फर्किन सक्ने भएका छन्, जसले खुशी ल्यायो।

पर्वत । यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।

आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो । उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिइन् । उनले भनिन्, “पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन् । ”

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बसेका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताए । वर्षौँदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप