अपडेट
प्रधानमन्त्रीले मन्त्रीपछि सांसदहरूसँग गरे सिंहदरबारमा छलफल
सोमबार, १६ चैत २०८२, १३ : ५४
सारांश
- प्रधानमन्त्री बालेनले मन्त्रीहरूसँगको छलफलपछि सांसदहरूसँग छलफल सुरु गरेका छन्।
- उनले आइतबार मन्त्रीहरूसँग जनताका काम र सुशासनबारे छलफल गरेका थिए।
- सोमबार उनले प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन्, जसमा प्रदेशका सांसदहरू सहभागी थिए।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे सिंहदरबारमा छलफल गरेका थिए ।
मन्त्रीसँगको छलफलपछि प्रधानमन्त्री शाहले सोमबार प्रतिनिधि सभाका सांसदहरूसँग छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न प्रदेशका सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।

‘प्रधानमन्त्री ज्युले प्रदेशवाइज सांसदसँग छलफल गर्ने योजनाअनुसार अहिले कर्णाली प्रदेशका सांसदहरूसँगको छलफलमा हुनुहुन्छ तर को–को भन्ने पुरै जानकारी भएन’, प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने– ‘एउटा प्रदेशका सांसदहरूसँग सकेर अर्को प्रदेशका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण