अर्थ मन्त्रालयको दाबीः पहिलोपटक मेरिटका आधारमा कर्मचारी सरुवा गर्यौँ
काठमाडौँ । पहिलोपटक मेरिटका आधारमा कर्मचारी सरुवा गरेको दाबी गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ थिति बसाल्दै पहिलोपटक यो आधारमा सरुवा गरेको जनाएका हुन् ।
सोमबार मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको थियो । मन्त्रालयका अनुसार यस प्रक्रियामा मेरिट लिस्टमा पहिलो नम्बरमा रहेका कर्मचारीले उपलब्ध ३० स्थानमध्ये कुनै एक ठाउँ रोज्न दिइएको थियो । त्यस्तै, दोस्रो स्थानमा रहेकालाई २९ स्थान, तेस्रोलाई २८ स्थान गर्दै ठाउँ रोज्न दिइएको थियो ।
यसअघि आकर्षक मानिएका ठाउँमा जान राजनीतिक पहुँच र शक्तिको प्रयोग हुने गरेको गुनासो सुनिँदै आएको थियो । तर, नयाँ प्रणालीले पहुँच नभएका तर क्षमतावान् कर्मचारीहरूलाई न्याय गर्ने विश्वास गरिएको छ ।
यो प्रणाली लागु भएसँगै अब आकर्षक भनिएका कार्यक्षेत्रमा जानका लागि कर्मचारीहरूबिच स्वस्थ प्रतिस्पर्धा हुने देखिएको छ ।
मेरिट लिस्टको पुछारमा पर्ने कर्मचारीहरूले अरूले रोजेर बाँकी रहेका स्थानमा मात्र चित्त बुझाउनुपर्ने हुन्छ, जसका कारण राम्रो कार्यक्षेत्र रोज्नका लागि कर्मचारीले आफ्नो कार्यक्षमता र नतिजामा विशेष ध्यान दिनुपर्ने मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण