स्वास्थ्य बीमा बोर्डको कडा निर्देशनः बीमितमाथि भेदभाव गर्नेलाई कारबाही हुने
सारांश
- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरूलाई सेवा प्रवाहमा लापरवाही नगर्न कडा निर्देशन दिएको छ।
- बोर्डले बीमित सेवाग्राहीमाथि भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई तत्काल रोक्न निर्देशन दिएको छ।
- बोर्डले स्वास्थ्य बीमा ऐन र नियमहरूको उल्लङ्घन गर्ने स्वास्थ्य संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा लापरवाही र बीमित सेवाग्राहीमाथि भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा निर्देशन दिएको छ ।
बोर्डले आज जारी गरेको एक सूचनामार्फत प्रचलित ऐन, नियमावली र कार्यविधिको पूर्ण पालना गर्न तथा यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा सेवा प्राप्त गर्न आउने बीमित सेवाग्राहीहरूबाट अग्रिम समय लिनुपर्ने, उनीहरूलाई भेदभावपूर्ण व्यवहार गर्ने र आवश्यक सेवा तथा औषधि उपलब्ध नगराउने गरेको भन्दै बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।
बोर्डले यस्ता कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ र प्रचलित अन्य कानुनविपरीत रहेको स्पष्ट पारेको छ।
निर्देशनमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यस्ता गैरकानूनी र नियम विपरीतका गतिविधिहरू तत्काल रोक्न तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण रूपमा पालना गर्न गराउन भनिएको छ ।
साथै, बोर्डले अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ को उपदफा (१) खण्ड (ख) बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण