स्ट्रेट अफ हर्मुज बन्द रहे पनि युद्ध अन्त्य गर्न ट्रम्प तयार !
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्प इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेको बताइएको छ।
- हर्मुज खुलाउन सैन्य कारबाही विस्तार गर्दा द्वन्द्व लामो समयसम्म जान सक्ने मूल्याङ्कन गरिएको छ।
- अमेरिकाले इरानलाई कूटनीतिक माध्यमबाट व्यापारिक जलमार्ग खोल्न दबाब दिने तयारी गरेको छ।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेको बताइएको छ । महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला नभए पनि उनी इरानविरुद्धको युद्ध अन्त्य गर्न तयार रहेको भन्दै द वाल स्ट्रिट जर्नलले समाचार छापेको छ ।
समाचारका अनुसार ट्रम्प र उनका सहयोगीहरूले हर्मुज खुलाउन सैन्य कारबाही विस्तार गर्दा द्वन्द्व निर्धारित ४ देखि ६ हप्ताको समयसीमाभन्दा बाहिर जान सक्ने मूल्याङ्कन गरेका छन् ।
अमेरिकी पक्षले इरानको नौसेना र मिसाइल क्षमतामा ठूलो क्षति पुर्याइसकेको ठहर गर्दै अब जारी संघर्ष अन्त्य गर्ने विकल्पमाथि विचार भइरहेको प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।
साथै सैन्य दबाबभन्दा बाहिर गएर कूटनीतिक माध्यमबाट इरानलाई पुनः व्यापारिक जलमार्ग खोल्न दबाब दिने रणनीति अपनाउने तयारी रहेको जनाइएको छ ।
यस विषयमा प्रतिक्रिया लिन बीबीसीले ह्वाइट हाउससँग सम्पर्क गरेको भएपनि प्रतिक्रिया आइनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण