ढिला गरी सुरु भयो एमाले सचिवालय बैठक
सारांश
- एमालेको सचिवालय बैठक पार्टी कार्यालयमा सुरु भएको छ, जुन एक घण्टा ढिलो सुरु भयो।
- केपी शर्मा ओली पक्राउ परेपछि एमालेको दोस्रो पटक सचिवालय बैठक बसेको हो र विरोधका कार्यक्रम तय गरेको थियो।
- पार्टीले ओलीको पक्राउलाई गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आलोचना गरेको छ, र आजको बैठकमा नीतिबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय बैठक बसेको हो । गत शनिबार पनि ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सचिवालय बैठक बसेर पार्टीले विरोधका कार्यक्रम तय गरेको थियो ।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओली र गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले उनीहरुकै घरबाट शनिबार बिहान पक्राउ गरेको थियो । उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको थियो । साथै, बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेशसमेत जारी भएको छ ।
यस पक्राउलाई एमालेले गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै आलोचना गर्दै आएको छ । आजको बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिने नीतिका सन्दर्भमा छलफल गरेर आवश्यक निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण