यातायात कार्यालय सानोभर्याङबाट ८ जना बिचौलिया पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको सानोभर्याङबाट ८ जना बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले यातायात कार्यालय सानोभर्याङबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट घर भएका ३६ वर्षीय बल बहादुर सुनार, रामेछाप घर भएका ३९ वर्षीय विज्ञान राई र ३५ वर्षीय रमेश कार्की, तारकेश्वर घर भएका ३१ वर्षीय संजय राजबाहक र नागार्जुन घर भएका ३६ वर्षीय विमल तामाङ छन् ।
त्यस्तै प्रहरीले टीकापुर घर भएका ६० वर्षीय सुमन प्रसाद श्रेष्ठ, नुवाकोटका ३९ वर्षीय उद्धव खनाल र धादिङ घर भएकी ३६ वर्षीय कल्पना लम्साललाई पनि पक्राउ गरेको छ ।
उनीहरूले सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने भन्दै सेवाग्राहीलाई हैरान पार्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट प्रहरीले १ लाख २२ हजार नगद र ५३ थान ब्लुबुक बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण