बागमतीमा १३ बाट घटाएर ७ वटा मन्त्रालय बनाउने सत्तारुढ कांग्रेसको निर्णय
सारांश
- बागमती प्रदेशमा नेपाली कांग्रेसले ७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ।
- संसदीय दलको बैठकले १३ मन्त्रालयलाई घटाएर ७ वटा कायम गर्ने निर्णय गर्यो, र ७०१ कर्मचारी कटौतीको सिफारिस पारित गर्न छलफल गर्नेछ।
- बैठकले प्रदेश सभा बैठक बोलाउन र सभामुख पदमा दाबी गर्ने निर्णय गर्यो, साथै समवेदना प्रकट गर्यो।
हेटौँडा । बागमती प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सत्तारुढ दल नेपाली कांग्रेसले निर्णय गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा काठमाडौँमा बसेको संसदीय दलको बैठकले प्रदेशमा कायम रहेको १३ मन्त्रालयलाई घटाएर ७ वटा कायम गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदामा हाल रहेको १३ वटा मन्त्रालयलाई ७ मन्त्रालयमा सीमित राख्न सिफारिस गरेअनुसार कार्यान्वयनमा जाने निर्णय भएको संसदीय दलका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए ।
उनका अनुसार समितिको सिफारिसबमोजिम प्रदेशमा रहेको ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राख्ने र ५ वटा खारेज गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने सिफारिसलाई सरकारमा सहभागी २ दलको आपसी छलफल गरी पारित गर्नतर्फ आग्रह गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले आगामी एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ भने बागमती प्रदेश सभा सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने निर्णय गरेको छ । बैठकले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गर्ने, कांग्रेसभित्रको आन्तरिक समस्यालाई आपसी सहमति र संवादमार्फत छिट्टै समाधानतर्फ अगाडि बढी पार्टीलाई १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको सन्देश दिनलाई दुवै पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङका पिता श्रीमान् तामाङ, पूर्वमन्त्री तीर्थ लामाका पिता केशरबहादुर तामाङ र प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठकी पति रामेश्वर श्रेष्ठको निधनप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण