यातायात कार्यालयबाट दुई जना पक्राउ
सारांश
- भक्तपुरको यातायात कार्यालयमा सेवाग्राहीलाई परीक्षा पास गराउने भन्दै रकम माग्ने दुई जना पक्राउ परे ।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोक र चितवनका व्यक्तिहरू छन् ।
- कार्यालयमा विचौलियाहरू सक्रिय रहेको र रकम लिने गरेको गुनासो आएको छ ।
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय भक्तपुरमा आएका सेवाग्राहीहरूलाई लिखित तथा प्रयोगात्मक परीक्षा पास गराइदिन्छु भन्दै रकम माग्दै हिँड्ने दुई जना बिचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
प्रहरी वृत्त थिमिबाट खटिएका प्रहरी टोलीले सेवाग्राहीलाई अनावश्यक दुःख एवं हैरानी दिने गरेको भन्दै दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भई हाल राधेराधे बस्ने २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवन कालिका नगरपालिका–६ घर भई हाल राधेराधे बस्ने ३० वर्षीय सुनील थापालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
कार्यालयमा कर्मचारीले बाहिर रहेका फोटोकपीदेखि फाराम भर्न खोलिएका पसलहरूदेखि आँखा र रगत जाँच गर्नेहरूबाट समेत रकम लिने गरेको र पूर्वप्रहरीदेखि फाराम गर्न खोलिएका पसलहरूबाटै बिचौलिया परिचालित हुने गरेको गुनासो आएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण