कोनोली चम्किँदा गुजरातमाथि पञ्जाबको जित
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्यो।
- कोपर कोनोलीको अविजित ७२ रनको उत्कृष्ट पारीले पञ्जाबलाई जित दिलायो।
- गुजरातले १६२ रन बनाएको थियो भने पञ्जाबले लक्ष्य १९.१ ओभरमा पुरा गर्यो।
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको छ । कोपर कोनोलीको अविजित अर्धशतकीय पारीको मद्दतले पञ्जाबले ५ बल बाँकी छँदै रोमाञ्चक जित निकालेको हो ।
गुजरातले दिएको १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पञ्जाबको जितमा कोपर कोनोली नायक बने । उनले मात्र ४४ बलमा अविजित ७२ रनको उत्कृष्ट पारी खेले । उनलाई प्रभसिमरन सिंहले ३७ तथा श्रेयस अय्यरले १८ रन बनाएर साथ दिएका थिए । गुजरातका लागि बलिङतर्फ प्रसिद्ध कृष्णले ३ विकेट लिए भने राशिद खान र वासिङ्टन सुन्दरले एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३९ रन बनाए भने जोस बटलरले ३८ रनको योगदान दिए । त्यस्तै, ग्लेन फिलिप्सले २५ रन जोडेका थिए ।
पञ्जाबका लागि बलिङतर्फ विजयकुमार वैशाकले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । युजवेन्द्र चहलले २ तथा मार्को यानसनले १ विकेट आफ्नो नाममा लेखाए । यो जितसँगै पञ्जाबले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण