अकृतिले जितिन् ‘द नेसनल डिजाइनर रन वे २०२६’ उपाधि
काठमाडौँ । महिला फेसन डिजाइनरहरु प्रति केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जितेकी छन् । उनले उपाधिसँगै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै अनिशा थापा ‘फस्ट रनर अप’ र युनिका राई ‘सेकेन्ड रनर अप’ भए । अर्की प्रतिस्पर्धी सम्झना केसी ‘मस्ट पपुलर’, विविका पौडेल आत्मविश्वासी र आकर्षक वाकका साथ ‘बेस्ट रनवे मोडल’ बने ।
एभेन्टोज नेपाल तथा युवा उद्यमी डेभिल सिंह राजपूतको नेतृत्वमा आयोजना गरिएको यस वर्षको संस्करणमा विशेष रूपमा महिला फेसन डिजाइनर विशेष थियो । प्रतियोगितामा देशभरबाट आएका १९ जना महिला डिजाइनरहरूले सहभागिता जनाएका थिए । उनीहरूले महिला मोडलहरूका लागि लक्षित आकर्षक र आधुनिक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए । परम्परा र आधुनिकताको सम्मिश्रण झल्काउने डिजाइनहरूले रनवेमा दर्शकको मन जितेका थिए ।
यस वर्ष प्रस्तुत गरिएका धेरैजसो ड्रेसहरू अन्तर्राष्ट्रिय रेड कार्पेट फेसनबाट प्रेरित देखिन्थे । विश्वका प्रतिष्ठित अवार्ड समारोहहरूमा देखिने ग्ल्यामरस लुकलाई ध्यानमा राख्दै डिजाइनरहरूले बोल्ड कट, फ्लोइङ गाउन, हाई स्लिट, सिक्विन डिटेलिङ, मेटालिक टोन र एलिगेन्ट सिल्हुएट प्रयोग गरेका थिए ।
केही कलेक्सनहरूमा हलिउड तथा बलिउड सेलिब्रिटीहरूको रेड कार्पेट स्टाइल झल्किने गरी ड्रामाटिक ट्रेल, अफ–शोल्डर डिजाइन, डीप नेकलाइन र फ्युजन कुट्युर समावेश गरिएको थियो । नेपालीपन झल्काउन केही डिजाइनहरूमा ढाका, ह्यान्डमेड फेब्रिक र परम्परागत मोटिफलाई आधुनिक कटसँग संयोजन गरिएको थियो, जसले लोकल र ग्लोबल फेसनबिच सन्तुलन प्रस्तुत गर्यो ।
फिनालेको निर्णायकमा विशाल गुरुङ, स्वीकृति प्याकुरेल, सुचिता साची र अश्विनी झा थिए । उनीहरूले डिजाइनको मौलिकता, प्रस्तुति, क्रिएटिभिटी र समग्र प्रभावका आधारमा नतिजा घोषणा गरेका थिए । कार्यक्रमको होस्ट तथा कोरियोग्राफी रोजिन शाक्यले सम्हालेका थिए । आयोजका सदस्यहरुमा यादवबहादुर थापा, परमानन्द चौधरी र शैलेश नेपाली थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण