मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

पैसा तिर्नुको साटो कामदार समात्न अध्यागमन विभाग बोलाएको आरोप, अमेरिकी महिलाको सर्वत्र विरोध

बुधबार, १८ चैत २०८२, १३ : ४७
बुधबार, १८ चैत २०८२

सारांश

  • मेरिल्याण्डमा एक महिलाले घरको छत मर्मत गर्न आएका श्रमिकहरूलाई पक्राउ गर्न आईसलाई बोलाइन्, जसले विवाद निम्त्यायो।
  • हिस्पानिक कामदारहरूलाई पारिश्रमिक नदिई अध्यागमन अधिकारी बोलाएको आरोप लागेको छ, जसले गर्दा उनलाई सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
  • श्रमिकहरूले १० हजार डलर नतिर्न घरधनीले यस्तो कदम चालेको आरोप छ, तर महिलाले भने आफूले आईसलाई खबर नगरेको दाबी गरेकी छिन्।

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा एक महिलाले आफ्नो घरको छत मर्मत गर्न आएका श्रमिकहरूलाई अध्यागमन विभाग (आईस) बोलाएर पक्राउ गराएको भिडियो भाइरल भएपछि ठूलो विवाद उत्पन्न भएको छ। सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोका कारण ती महिलाको व्यापक आलोचना भइरहेको छ।

क्याम्ब्रिजस्थित एक घरको छत मर्मतका लागि आएका हिस्पानिक मूलका कामदारहरूलाई ती महिलाले पारिश्रमिक दिनुको साटो अध्यागमन अधिकारीहरूलाई खबर गरेको आरोप लागेको हो। कामदारमध्येका एक ब्रायन पोलान्कोले खिचेको भिडियोमा संघीय एजेन्टहरू घरको अगाडि कामदारहरू छतबाट ओर्लिने पर्खाइमा बसिरहेको देखिन्छ। 

पोलान्कोका अनुसार उनीहरू घर बनाउन आएका थिए, तर घरधनीले घृणा राख्दै उनीहरूलाई पक्राउ गराउन ‘आईस’ अधिकारी बोलाइन्।

  • १० हजार डलर नतिर्न जुक्ति?

ग्वाटेमालाका ती श्रमिकहरूले छतको काम लगभग सकाउन लागेका बेला घरधनीले उनीहरूलाई तिर्नुपर्ने १० हजार डलर जोगाउन यस्तो कदम चालेको दाबी गरिएको छ। केही स्रोतहरूले काम सुरु गर्ने बित्तिकै एजेन्टहरू आएको बताएका छन् भने पोलान्कोले खिचेको भिडियोमा घरधनीले फेरि आप्रवासीहरू काम पूरा गर्न आएमा सधैँ आईस बोलाउने धम्की दिएको उल्लेख छ।

आरोपित महिला, जसलाई सामाजिक सञ्जालमा क्यारेन टी नामले सम्बोधन गरिएको छ, उनले भने आफू वा आफ्नो बुबाले अध्यागमन विभागलाई खबर नगरेको दाबी गरेकी छन्। सामाजिक सञ्जालमा आफ्नो पहिचान सार्वजनिक भएपछि र मानिसहरूले चर्को विरोध गरेपछि उनले आफ्नो र परिवारको सुरक्षालाई लिएर डर लागेको बताएकी छन्।

अमेरिकन इमिग्रेशन काउन्सिलका वरिष्ठ फेलो आरोन रिच्लिन-मेलनिकका अनुसार यदि यी आरोपहरू प्रमाणित भएमा ती महिलाले कडा कानुनी कारबाही भोग्नुपर्नेछ। मेरिल्याण्डको कानुनले श्रम शोषण गर्न वा भुक्तानीबाट बच्नका लागि कसैलाई अध्यागमनसम्बन्धी धम्की दिन निषेध गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप