‘धुरन्धर २’ माथि लाग्यो कथा चोरीको आरोप, मुद्दा हाल्ने चेतावनी
सारांश
- दक्षिण भारतीय चलचित्रका लेखक सन्तोष कुमारले 'धुरन्धर २' को स्क्रिप्ट आफ्नो भएको दाबी गर्दै कानुनी उपचारमा जाने घोषणा गरे।
- उनले सन् २०२३ मा लेखेको कथालाई नै 'धुरन्धर २' का रूपमा बनाइएको आरोप लगाएका छन् र आफूले विभिन्न कर्पोरेट हाउसहरूलाई सुनाएको बताए।
- सन्तोष कुमारले फिल्म राम्रो बनेको तर आफ्नो कथाको दुरुपयोग भएको र निर्माण पक्ष विरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको बताए।
मुम्बई । दक्षिण भारतीय चलचित्रका लेखक, निर्देशक तथा निर्माता सन्तोष कुमारले हालै प्रदर्शनमा आएको चलचित्र ‘धुरन्धर २’ को स्किृप्ट आफ्नो भएको दाबी गरेका छन्। उनले सन् २०२३ मा लेखेको कथालाई नै अहिले ‘धुरन्धर २’ का रूपमा बनाइएको आरोप लगाउँदै यसका विरुद्ध कानुनी उपचारमा जाने घोषणा गरेका हुन्।
एक पत्रकार सम्मेलन गर्दै लेखक सन्तोष कुमारले ‘धुरन्धर २’ को स्किृप्ट चोरी भएको गम्भीर आरोप लगाएका हुन्। उनले मिडियासँग कुरा गर्दै चलचित्र हेरेपछि मात्र त्यो आफ्नो मेहनत र कथा भएको थाहा पाएको बताए।
सन् २०२३ मा मुम्बई आएर उनले सोनी, जी, टी-सिरिज र धर्मा प्रोडक्सन जस्ता ठूला कर्पोरेट हाउसहरूमा यो कथा सुनाएको दाबी गरे। ‘मलाई ठूलो अभिनेता चाहिन्छ भने ठुलो कर्पोरेट कम्पनी लिएर आउन भनिएको थियो,’ उनले भने।
सन्तोष कुमारका अनुसार उनले यो चलचित्रका लागि अभिनेता आदित्य रोय कपुरलाई मुख्य भूमिकामा लिन चाहेका थिए र धेरै निर्देशकहरूलाई स्किृप्ट पठाएका थिए। उनले नोभेम्बर २०२३ मा स्क्रिनराइटर एसोसिएसनमा आफ्नो स्किृप्ट दर्ता गराएको र आफूसँग त्यसको प्रमाणका रूपमा तस्बिर, स्केच र दर्ता कागजपत्र सुरक्षित रहेको बताए।
‘चलचित्र राम्रो बनेको छ तर मेरो कामको दुरुपयोग गरिएको छ। मेरो कथा विशुद्ध मनोरञ्जनात्मक थियो तर उनीहरूले यसलाई राजनीतिक प्रोपागान्डा बनाइदिए,’ उनले गुनासो गरे।
लेखक सन्तोष कुमारले आफूजस्ता दक्षिण भारतका धेरै लेखकहरू मुम्बई आउने तर काम नपाउने र उल्टै उनीहरूको सिर्जनाको दुरुपयोग हुने गरेको टिप्पणी गरे। उनले अब निर्माण पक्षका विरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको बताएका छन्।
यसबारे ‘धुरन्धर २’ को निर्माण टोलीसँग प्रतिक्रिया लिन खोज्दा हालसम्म कुनै जवाफ प्राप्त नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण