कांग्रेस संस्थापन इतर समूहको बैठक जारी
सारांश
- नेपाली कांग्रेसको देउवा र कोइराला समूहको बैठक महाराजगञ्जमा जारी छ।
- इतर समूहको बैठकपछि कांग्रेसमा विवाद चर्किएको छ, जसमा गण्डकी प्रदेशका मुख्यमन्त्री पनि सहभागी छन्।
- हिजो ८४ जना सहभागी भएको बैठकमा आज ८८ जना नेताहरूको उपस्थिति रहेको छ।
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा. शेखर कोइराला (संस्थापनइतर) समूहको बैठक आज पनि जारी छ । हिजोदेखि सुरु भएको बैठक आज पनि महाराजगञ्जस्थित स्मार्ट होटलमा जारी रहेको हो । हिजो आज पुनः बस्नेगरी स्थगित बैठक आधा घण्टादेखि जारी रहेको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
इतर समूहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक राखेपछि कांग्रेस विवाद चर्किएको छ । पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको बैठक अनौपचारिक रहेको नेताहरू बताउँछन् । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी छन् ।
हिजोको बैठकमा सहभागी नभएका पाण्डे आज सहभागी भएका हुन् । हिजो सहभागी नभएका सरिता प्रसाईं, गोविन्दबहादुर शाह, गोमा भट्टराई पनि आज बैठकमा उपस्थित छन् ।
हिजोको बैठकमा ८४ जना उपस्थित भएकामा आज ८८ जना सहभागी भएका नेताहरूले बताएका छन् । बैठकमा सहभगी हुनका लागि ११४ जनालाई खबर गरिएकामा यति संख्यामा नेताहरू उपस्थित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण