एकापसमा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु
बारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा एकापसमा ठोक्किएको थियो । ढुङ्गानाले ९८२४ नम्बरको मोटरसाइकल र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण