श्रम मन्त्रीको घोषणा–सामाजिक सुरक्षामा नगए अब कम्पनी नवीकरण हुँदैन
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कम्पनीको नवीकरण नगर्ने व्यवस्था गर्न लागेको छ ।
सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने भन्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले सञ्चारकर्मीहरूसँगको छलफलमा यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने कम्पनी नवीकरण नगर्ने गरी आवश्यक प्रक्रिया अपनाउने तयारी रहेको बताए ।
उनले भने, ‘सामाजिक सुरक्षा कोषमा आबद्ध अनिवार्य बनाउने सरकारको योजना छ । त्यसको लागि ऐन संशोधन गर्नु पर्ने सुझाव आएको छ । उक्त सुझावका आधारमा ऐन संशोधन गरेर कार्यान्वयन गर्ने योजना रहेको छ ।’
विगतमा पनि सरकारले सामाजिक सुरक्षा कोषलाई अनिवार्य आवद्ध हुनु पर्ने भन्दै आए पनि त्यस्तो हुन सकेको थिएनन् । उनले हाल ७ लाखको हाराहारीमा रहेको सामाजिक सुरक्षा कोष मा आबद्ध श्रमिकको संख्या २२ लाख पुर्याउने लक्ष्य राखिएको बताए । यसका लागि आवश्यक ऐन संशोधन गरी प्रक्रिया सहज बनाइने मन्त्री साहले जानकारी दिए ।
वैदेशिक रोजगारीसँग सम्बन्धित ४० देखि ५० हजार पुराना गुनासोहरूलाई सम्बोधन गर्न एक एकीकृत डिजिटल र पारदर्शी प्रणाली विकास गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण