एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–आफ्नो क्षमतामा विश्वास राख्नुहोस्
सारांश
- मन्त्री सीता वादीले परीक्षा ज्ञानको मात्र नभई मेहनत, धैर्यता र आत्मविश्वासको पनि भएको बताइन्।
- एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई शुभकामना दिँदै उनले शान्त मनले प्रश्नहरू पढ्न आग्रह गरिन्।
- मन्त्री वादीले विद्यार्थीहरूलाई आफ्नो क्षमतामा विश्वास राख्न र सपना ठूला बनाउन प्रेरित गरिन्।
काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले परीक्षा केवल ज्ञानको मात्र नभई मेहनत, धैर्यता र आत्मविश्वासको पनि हुने बताएकी छिन् ।
एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई शुभकामना दिँदै उनले भनेकी छिन्– 'यो परीक्षा केवल ज्ञानको मात्र नभई तपाईंको मेहनत, धैर्यता र आत्मविश्वासको पनि परीक्षा हो। त्यसैले आत्मविश्वासका साथ शान्त मनले प्रश्नहरू पढ्नुहोस् र आफूले सिकेको कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस्।'
मन्त्री वादी थप भन्छिन्–'आफ्नो क्षमतामा विश्वास राख्नुहोस्। यो परीक्षा तपाईंको विद्यालय जीवनमा सिकेका ज्ञानहरूको कागजी मूल्याङ्कन मात्र हो, जुन जीवन यात्राको एउटा सानो चरण हो। यो नै अन्तिम परीक्षा होइन, किनकि तपाईँका सपना यसभन्दा धेरै ठूला छन्। तपाईँहरूको परिश्रम सफल होस्, र हरेक उत्तरमा आत्मविश्वास झल्कियोस् भन्ने कामना गर्दछु।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण