प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइ नजिक बहुमत, राष्ट्रियसभा सत्तापक्ष विहीन
काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सत्तापक्ष विहीन भएको छ । भदौमा भएको जेनजी आन्दोलनसँगै तल्लो सदन प्रतिनिधिसभा विघटन भएको थियो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुइतिहाइ नजिक बहुमत ल्याएर पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भइसकेको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार सिंहदरबार स्थित निर्माणाधीन संसद्को अस्थायी हलमा बसेको छ। स्थायी सदन मानिने राष्ट्रियसभामा पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायतको उपस्थित रहेको छ । रास्वपाको एक सिट पनि छैन ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले रिक्त रहेको एक सिटमा निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसलाई होल्ड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण