हनी ट्रयापमा पारेर टिकटकर तुलसाले व्यवसायी चिमोरियालाई कसरी ठगिन् ?
सारांश
- टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीले व्यवसायी कुमार चिमोरियालाई बलात्कारको मुद्दा लगाउने धम्की दिँदै ६ वर्षसम्म मानसिक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेकी छिन्।
- अभियोगपत्रका अनुसार प्रतिवादी तुलसाले करिब ६ करोड ५२ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री व्यवसायीबाट असुलेकी हुन्।
- तुलसाले विभिन्न बहानामा रकम असुली गर्ने र आफ्ना सहयोगी परिचालन गरी पीडितलाई बलात्कारको जाहेरी देखाएर निरन्तर मानसिक तनाव दिने गरेको पाइएको छ।
काठमाडौँ । ललितपुरका व्यवसायी कुमार चिमोरियालाई बलात्कारको झुट्टा मुद्दा लगाउने धम्की दिदै ६ वर्षसम्म मानिसक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेको देखिएको छ । साढे चार करोड रुपैयाँ नगद र अन्य जिन्सी समेत जोड्दा ६ करोड ५२ लाख भन्दा बढी रकम ठगी गरेको ललितपुर जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उल्लेख छ ।
सरकारी वकील कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्र अनुसार, प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीले झण्डै ६ वर्षसम्म चिमोरियालाई मानसिक र आर्थिक रूपमा बन्धक बनाएर ठगी गरेको देखिएको छ । तुलसाले व्यवसायी चिमोरियालाई जालमा पार्न र रकम असुल्न विभिन्न उपायहरु अपनाएको अभियोगपत्रमा उल्लेख छ ।
'महेन्द्रा शोरुम'को कर्मचारी बनेर चिनजान
ठगीको योजना २०७५ सालको फागुनबाट सुरु भएको देखिन्छ। तुलसाले आफू महेन्द्रा शोरुमको कर्मचारी भएको र सस्तोमा सेकेन्ड ह्यान्ड गाडीहरू मिलाइदिने बहानामा चिमोरियालाई फोन गरेकी थिइन् । व्यवसायको सिलसिलामा चिनजान बढाएपछि उनले चिमोरियाको पारिवारिक र आर्थिक अवस्थाबारे सबै जानकारी लिएकी थिइन् ।
बुटवल बोलाएर होटलमा ट्रयाप
२०७५ जेठमा गाडी हेर्ने बहानामा उनले चिमोरियालाई बुटवल बोलाइन् । त्यहाँबाट खाजा खाने बहानामा भैरहवाको एउटा होटलमा पुर्याइन्। अभियोग पत्रका अनुसार, होटलको कोठामा तुलसाले आफैँ अग्रसर भई शारीरिक सम्पर्कको वातावरण सिर्जना गरेकी थिइन्। सोही दिनको घटनालाई उनले पछि बलात्कार (जबरजस्ती करणीण को मुद्दा बनाउने हतियारको रूपमा प्रयोग गरिन्।
शारीरिक सम्पर्कको केही समयपछि नै तुलसाले आफ्नो 'असली रूप' देखाउन थालिन् । 'हाम्रो सम्बन्धबारे आफन्तले थाहा पाए, अब म तिमीविरुद्ध प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्छु' भन्दै उनले धम्क्याउन सुरु गरिन्। सामाजिक प्रतिष्ठा गुम्ने र जेल जाने डरले चिमोरियाले उनले मागेको रकम र सुविधाहरू दिन सुरु गरे।
एकपछि अर्को पसल र विलासी सामान किन्न लगाइन्
तुलसाको माग पैसामा मात्र सीमित रहेन। उनले चिमोरियालाई डर देखाएर ललितपुरको नखिपोटमा फ्ल्याटको भाडा तिर्न लगाएर बस्न सुरु गरिन् । त्यसपछि तुलसाले सातदोबाटोमा फेन्सी पसलमा ७ लाख ७५ हजारमा पसल किनिदिन लगाइन् । इमाडोलमा 'तुल्सा कलेक्सन'मा फेरि ६ लाख ७५ हजार खर्च गराएर अर्को पसल खोलिन् । त्यसपछि कुमारीपाटीमा भव्य शोरुम ७० हजार मासिक भाडा र ११ लाख सजावट खर्च व्यवसायीलाई तिराएर ठुलो पसल खोलिन् ।
नगद असुलीका विभिन्न 'कोड'
उनले नगद माग्दा कहिले भारत र चीनबाट सामान ल्याउने बहाना बनाइन् भने कहिले आफ्ना अपरिचित मान्छेहरू पठाएर व्यवसायीको अफिसबाटै पैसा उठाउन लगाइन् । अभियोग पत्रमा उल्लेख भए अनुसार, उनले ९० लाख, ८० लाख र ४० लाख गरी पटक(पटक मोटो रकम असुलेकी थिइन् । उनले ह्वाट्सएपमा नोटको अर्धकट्टी (कोड) पठाएर सोही अनुसारको पैसा भुक्तानी गर्न लगाउँथिन् ।
तुलसाले आफ्नी छोरीको विद्यालय शुल्क (मासिक १७ देखि २२ हजार रुपैयाँ), सुनका महँगा गरगहना, आईफोन र ४ लाख ३४ हजार पर्ने अप्रिलिया स्कुटर समेत चिमोरियालाई नै किन्न लगाइन्। जब व्यवसायीले पैसा दिन नसक्ने अवस्था आयो, तुलसाले अन्य सहयोगीहरू परिचालन गरिन् । प्रतिवादी नेलिका लामिछाने जस्ता व्यक्तिहरू चिमोरियाको कार्यकक्षमै पुगेर तुलसाले तपाईंविरुद्ध बलात्कारको जाहेरी तयार पारेकी छिन्, मिल्ने भए मिल्नुस् भन्दै ड्राफ्ट गरिएको जाहेरी देखाएर मानसिक तनाव दिने गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण