पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान हुने
सारांश
- पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
- परराष्ट्रमन्त्री शिशिर खनालको पहलमा अप्रिल ३ देखि ५ सम्म दुबई र दमामका लागि विशेष उडान तालिका सार्वजनिक गरिएको छ।
काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र सहज आवागमनका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको विशेष पहलमा बिहीबार बसेको उच्चपदस्थ अधिकारीहरूको बैठकले ३ अप्रिलदेखि ५ अप्रिलसम्म नेपाल वायुसेवा निगममार्फत विशेष उडान गर्ने निर्णय गरेको हो।
पश्चिम एसियाको तनावका कारण गत २८ फेब्रुअरीदेखि नै त्यस क्षेत्रका नियमित उडानहरू स्थगित रहेका थिए। नेपालीहरूको समस्यालाई सम्बोधन गर्न परराष्ट्रमन्त्री खनालको निर्देशनमा नेपाल एयरलाइन्सले दुबई र दमामका लागि उडान भर्ने तालिका सार्वजनिक गरेको छ।
उडान तालिकामा ३ अप्रिलमा काठमाडौँ–दुबई (राति ११ः१५ बजे), ४ अप्रिलमा दुबई–काठमाडौँ (बिहान ४ः१० बजे),५ अप्रिलमा काठमाडौँ–दमाम (बिहान ८ः३० बजे) र दमाम–काठमाडौँ (दिउँसो १२ः२० बजे) रहेका छन् ।
यसअघि १ अप्रिलमा कुवेत एयरवेजमार्फत २९१ जना नेपाली र विभिन्न कारणले मृत्यु भएका ९ जना नेपालीको शव भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले विशेष उडान सञ्चालनका लागि समन्वय गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र बीमा व्यवस्था सहज बनाउने राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण