बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा ३४ र डिजेलमा १२० रुपैयाँ घाटा

बिहीबार, १९ चैत २०८२, २१ : ५८
बिहीबार, १९ चैत २०८२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ प्रतिलिटर १५ रुपैयाँले बढाए पनि अझै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा र डिजेलमा १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ।

निगम सञ्चालक समितिको निर्णयअनुसार शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा छ। पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) रूपमा अझै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमले जनाएको छ । सोही कारण इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पछिल्लो पटक प्राप्त खरिद मूल्य निकै बढेर आएको निगमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप