बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

कोलकाताविरुद्ध सनराइजर्स हैदरावादद्वारा ६५ रनले विजयी

बिहीबार, १९ चैत २०८२, २३ : ३१
बिहीबार, १९ चैत २०८२

सारांश

  • इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ६५ रनले पराजित गरेको छ।
  • हैदरावादले दिएको २२७ रनको लक्ष्य पछ्याएको कोलकाता १६ ओभरमा १६१ रनमा नै समेटिएको छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई ६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २२६ रनको विशाल योगफल खडा गरेको थियो । हैदरावादका लागि हेनरिक क्लासेनले ३५ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, अभिषेक शर्माले २१ बलमा ४८ रन र ट्राभिस हेडले २१ बलमा ४६ रनको विष्फोटक पारी खेले ।

बलिङतर्फ कोलकाताका ब्लेसिङ मुजराबानीले ४ ओभरमा ४१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। वैभव अरोराले २ विकेट तथा अनुकुल रोयले १ विकेट हात पारे ।

२२७ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स १६ ओभरमा १६१ रनमा समेटिन पुग्यो । कोलकाताका लागि अङ्कृष रघुवंशीले २९ बलमा ५२ रनको योगदान दिए पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन। रिंकु सिंहले ३५ रन र फिन एलेनले ७ बलमा २८ रन जोडे ।

हैदरावादलाई जित दिलाउन बलिङमा जयदेव उनादकटले ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै इशान मलिङ्गा र नितिश कुमार रेड्डीले समान २–२ विकेट लिएर कोलकाताको ब्याटिङ लाइनलाई ध्वस्त पारे। यस जितसँगै हैदरावादले महत्वपूर्ण अंक जोडेको छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप