अनलाइनमार्फत नब्बे लाख रकम ठगी गर्ने गुरुङ पक्राउ
सारांश
- सामाजिक सञ्जालमार्फत ९० लाख ठगी गर्ने गुरुङ पक्राउ परेकी छिन्।
- उनले जापान पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोप छ।
- नयाँ बसपार्कबाट यात्रुलाई दुःख दिने १३ जना पनि पक्राउ परेका छन्।
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी रु ९० लाख ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, “सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चार जना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी रु ९० लाख जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न निज गुरुङलाई पक्राउ गरिएको हो ।”
गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी आज ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।
यात्रीलाई अभद्र व्यवहार गर्ने १३ जना नियन्त्रणमा
प्रहरीले सर्वसाधारण यात्रीलाई दुःख हैरानी दिने, अभद्र व्यवहार गर्ने गरेको अभियोगमा १३ जनालाई काठमाडौँको नयाँ बसपार्कबाट आज नियन्त्रणमा लिएको छ । काठमाडौँका विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोमा चढी उपत्यका बाहिर जाने यात्रीलाई दुःख हैरानी दिने अभद्र व्यवहार गर्ने गरेको सूचनाका आधारमा १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने, “आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारण यात्रीको झोला तथा सामान जबर्जस्ती तान्ने, दुःख हैरानी दिने अभद्र व्यवहार गर्नेलाई प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।” नियन्त्रणमा लिइएकामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण