सागर लम्साल प्रकरणमा बोलिन् गायिका एलिना चौहान
काठमाडौँ । गायिका एलिना चौहानले कलाकार सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको आरोपका सम्बन्धमा सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेकी हुन् ।
उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
उनले लेखेकी छन्, ‘कृपया सबैले सुरुमा आरोप लागेको नाम स्पष्ट हेर्नुहोस् । सत्य के हो छानबिनबाट बाहिर आओस् । दोषी भए कडा कारबाही होस्, निर्दोष भए न्याय पाओस् ।'
यस्तै उनले अर्को स्टाटसमा बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिने बताएकी छन् । उनले पीडित महिलाको पक्षमा बोल्दै भनेकी छन्, 'कसैले आफ्नो पीडा सुनाइरहेको छ भने सुन, सुन्न सक्दैनौ भने चुप लागेर बस। तर आफ्नो बलात्कारी सोच कमेन्टमा नबर्साऊ। घरेलु हिंसा र बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिन्छ।'
उनले अगाडि लेखेकी छन्, 'तिमीहरूकै सोचका कारण धेरैले बोल्ने हिम्मत गर्न सक्दैनन् र बोले पनि पछि पछुताउन बाध्य हुन्छन्। पीडितलाई दोष दिने सोच कहिले हट्ने?'
लम्सालमाथि बलात्कारको आरोप लागेको खबर सार्वजनिक भएपछि कलाकारिता क्षेत्रमा तरंग पैदा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण