छाना बनाउन आएका आप्रवासीलाई पैसा नदिन महिलाले आईसीई एजेन्ट बोलाएपछि...
सारांश
- अमेरिकाको मेरिल्यान्डमा छाना मर्मत गर्न आएका आप्रवासी कामदारहरूलाई पैसा नदिन महिलाले आईसीई एजेन्ट बोलाएको आरोप लागेको छ।
- कामदारहरूले महिलाले १० हजार डलर भुक्तानी नदिन आफूहरूलाई पक्राउ गराउन खोजेको दाबी गरेका छन्।
- आरोप प्रमाणित भएमा ती महिलाले मेरील्याण्डको कानुनअनुसार श्रम शोषण र कानुन उल्लंघनको कारबाही भोग्नुपर्ने भएको छ।
वासिङ्टन डीसी । आफ्नो घरको छाना मर्मत गर्न भनेर आएका आप्रवासी कामदारहरूलाई महिलाले पक्राउ गराएपछि अमेरिकाको मेरिल्यान्डकी एक महिलाले यति निकै आलोचना खेपिरहेकी छिन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोपछि उक्त घटनाले व्यापक आलोचना निम्त्याएको छ । भिडियो छाना मर्मत गरिरहेका कामदार ब्रायन पोलान्कोले खिचेका थिए । भिडियोमा घर अगाडि सङ्घीय अधिकारीहरू उभिएको देखिन्छ, जो कामदारहरू तल झर्ने प्रतीक्षा गरिरहेका छन् । पोलान्कोले आफूहरूलाई काममा बोलाएर पैसा दिने बेलामा पक्राउ गराउन खोजिएको आरोप लगाएका छन् ।
भिडियोमा ब्रायन स्थायी बसोबासको अनुमति पाएका अर्का आप्रवासी पनि थिए । “हामी उनको घर बनाउन आयौँ, तर उनले हामीलाई नै धोका दिइन्,” उनले भनेका छन् । काम पूरा गर्न अरू आप्रवासी कामदारहरू आएमा ती महिलाले फेरि आईसीई एजेन्ट बोलाउने चेतावनी दिएको दाबी उनको छ ।
महिलाले काम गरेबापतको करिब १० हजार नतिर्न कामदारहरूको उजुरी दिएको थिइन् । तर घटनाको समयबारे फरक फरक दाबी आइरहेका छन् । केहीले काम सुरु भएपछि तुरुन्तै आईसीई बोलाइएको भनेका छन् भने केहीका अनुसार काम लगभग सकिएपछि मात्र अधिकारीहरू बोलाइएको थियो । आरोपित महिला करेन टी. भनेर चिनिएकी छिन् । आफू वा उनका बाबुले आईसीईलाई खबर नगरेको दाबी उनले गरेकी छिन् । उनले सामाजिक सञ्जालमा आएको आलोचना र धम्कीका कारण आफ्नो र परिवारको सुरक्षामा चिन्ता बढेको बताएकी छन् ।
आरोप सत्य ठहरिएमा मेरील्याण्डको कानूनअनुसार महिलाले कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्ने अमेरिकन इमिग्रेशन काउन्सिलका सिनियर फेलो आरोन रिचलिन मेलनिकले भनेका छन् । कसैलाई पारिश्रमिक नदिन वा श्रम शोषण गर्न आप्रवासनको धम्की प्रयोग गर्नु मेरील्याण्डमा अपराध मानिन्छ । त्यसैले आरोप प्रमाणित भएमा सम्बन्धित महिलाले कानुनी कारबाहीको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।
Homeowner waits until construction job is nearly finished, then calls ICE on 6 workers she allegedly owes $10,000 to, she even helps agents detain them. pic.twitter.com/jEM9Xw2ZCL
— Daily Loud (@DailyLoud) March 26, 2026
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण