मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआर) टोली र रक्षा समाचारदाताबिच आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सेनाको टोली विजयी भएको छ ।
सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेल मैदानमा भएको उक्त खेलमा सेनाको टोली ४–१ गोल अन्तरले विजयी भयो । निर्देशनालयका तर्फबाट सेनानी विजय पाण्डेले दुई तथा प्रमुख सेनानी उपन कार्की र प्राविधिक जमदार वसन्त ओलीले एक–एक गोल गरे ।
रक्षा समाचारदाताको टोलीबाट दिपेश केसीले सान्त्वना गोल गरे । उक्त खेलमा निर्देशनालयको टोली कप्तान सहायकरथी राजाराम बस्नेत र सञ्चारकर्मीका तर्फबाट कप्तान दीपक रिजाल रहेका थिए ।
प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टोली निलो जर्सीमा मैदानमा उत्रिएको थियो । सैनिक तालिम महानिर्देशक एवम् उपरथी प्रेम पुनले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी खेल शुभारम्भ गरेका थिए ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा सो खेल आयोजना गरिएको हो । निर्देशनालयको २०५८ चैत २० गते स्थापना भएको हो । निर्देशनालयले सैनिक र सञ्चारकर्मी बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण