बलात्कारकाे आराेपपछि चलचित्रबाट निकालिए बले
सारांश
- बलात्कारको आरोप लागेपछि कलाकार सागर लम्साल (बले) लाई 'पाँच पाण्डव' चलचित्रबाट निष्कासन गरिएको छ।
- कालीरानी फिल्मसले नैतिकताका आधारमा उनीमाथि कारबाही गर्दै चलचित्रबाट हटाउने निर्णय गरेको हो।
- लम्साल संलग्न भएका ९० प्रतिशत दृश्यहरू चलचित्रमा समावेश नगरिने निर्माण पक्षले जनाएको छ।
काठमाडाैँ । कलाकार सागर लम्साल (बले) चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेकाे आराेप लागेपछि कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कलाकार लम्साललाई चलचित्र पाँच पाण्डवबाट निष्काशन गरेकाे हाे ।
आज मात्रै सामाजिक सञ्जालमार्फत अमेरिकामा बस्ने एक युवतीले सागर लम्साल (बले) लाई एक वर्षअघि नै आफुमाथि 'बलात्कार गरेको' भन्दै स्टाटस लेखेकी थिइन्।
बलात्कारकाे आराेपपछि आपतकालीन बैठक बसेर आरोपित लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको कालीरानी फिल्मस्का नबिन श्रेष्ठले जानकारी दिए । चलचित्र पाँच पाण्डव परिवारले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग समेत गरेकाे छ।
'चैत २ गतेदेखि झापा आसपासमा छायांकनरत चलचित्र पाँच पाण्डवमा लम्सालको ९० प्रतिशत दृश्य खिचिसकिएको भएपनि उनी अब उप्रान्त पाँच पाण्डवको हिस्सेदार रहनेछैनन् भने उनी संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश हुने समस् नेपाली चलचित्र क्षेत्र परिवार, समाजका प्रबुद्ध वर्ग र आम दर्शकसमक्ष प्रष्ट पार्न चाहन्छौं,'विज्ञप्तिमा भनिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण