बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

शुक्रबार, २० चैत २०८२, १७ : १८
शुक्रबार, २० चैत २०८२

सारांश

  • शिक्षा मन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गरेका छन्।
  • मन्त्री पोखरेलले जनक शिक्षा केन्द्रलाई समयमै पुस्तक छपाई विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन्।
  • उनले गेटा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी अड्चन फुकाउन जोड दिएका छन्।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री पोखरेलसहितको टोलीले आज भक्तपुरको सानोठिमीस्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण गरेका हुन् । 

सो अवसरमा शिक्षामन्त्री पोखरेलले संस्थालाई सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताए । उनले सहयोग र सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरेर समन्वयका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।

शिक्षामन्त्री पोखरेलले भने, ‘यी दुवै सरकारी संस्थाहरूलाई सरकारको तर्फबाट अझ थप सहयोग र सहकार्य हुनेछ । मन्त्रालय र  ती निकायका पदाधिकारी बसेर कुन किसिमको समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

शिक्षामन्त्री पोखरेलले जनक शिक्षा केन्द्रमा पुस्तक छपाइलगायत अन्य संरचनाको निरीक्षण गर्नुका साथै केन्द्रको समग्र अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हात हातमा पुर्याउन निर्देशन दिए ।

त्यस्तै, मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिए । उनले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन् त्यसलाई फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ती दुवै निकायका पदाधिकारीले संस्थाको वस्तुस्थिति, गतिविधि र आगामी कार्य योजना प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप