आक्रमणमा परेको थाई जहाजभित्र भेटियो मानव अवशेष
सारांश
- स्ट्रेट अफ हर्मुजमा आक्रमणमा परेको थाई जहाजको भग्नावशेषभित्र मानव अवशेष फेला परेको छ।
- मार्च ११ मा इरानी सेनाले उक्त जहाजमाथि गोलीबारी गर्दा जहाजको इञ्जिन कक्षमा आगलागी भएको थियो।
- थाइल्याण्डको विदेश मन्त्रालयका अनुसार आगोले क्षतिग्रस्त भएर उक्त जहाज डुबेको पुष्टि भएको छ।
काठमाडौँ । गत महिनामा स्ट्रेट अफ हर्मुजमा हमलामा परेको थाई ध्वजाबाहक जहाजमा मानव अवशेष फेला परेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले शुक्रबार एक वक्तव्य जारी गर्दै यो बताएको छ ।
मार्च ११ को बिहान स्ट्रेट पार गरिरहेको बेला मयुरी नरीको पछाडिको भागमा लागेको थियो । यस क्रममा जहाजको इञ्जिन कक्षमा आगो लागेको थियो ।
सावधानी नमान्दै र अवैध रूपमा स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरेपछि जहाजमाथि गोलीबारी गरिएको इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सले भनेको भन्दै इरानी समाचार एजेन्सी फार्सले एउटा समाचारमा भनेको थियो । ओमानी जलसेनाले चालक दलका २० जना सदस्यलाई उद्धार गरी खसाब शहरमा पठाएका थिए ।
जहाजको मालिक प्रिसियस शिपिङ पीएलसीले विशेष खोज र उद्धार टोली भाडामा लिएको थियो । जसले जहाजका पहुँचयोग्य क्षेत्रहरूको विस्तृत निरीक्षण गरेको थियो । जहाज आगोले क्षतिग्रस्त भएर डुबेको थाइल्याण्डको विदेश मन्त्रालयले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण