विराटनगर यातायात कार्यालयबाट सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गर्ने एक जना पक्राउ
सारांश
- विराटनगर यातायात कार्यालयबाट सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका कमल कुमार स्वर्णकारले सवारी साधनको बिलबुक नवीकरणका नाममा कीर्ते कार्य गर्दै आएका थिए।
- प्रहरीले स्वर्णकारको घरबाट ११ थान सवारी दर्ता किताब बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।
विराटनगर । सरकारी छाप र सरकारी कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यातायात कार्यालय परिसरभित्र लेखापढीको काम गर्ने स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गरेको पाइएको छ ।
उनले अन्य मानिसहरूले राजस्व तिर्न दिएका विभिन्न सवारी साधनका दर्ता किताब ९बिलबुक० समेत लिई सरकारी छाप र छैटौँ तहको अधिकृतको किर्ते दस्तखत गर्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला पारेको छ ।
पक्राउ परेका उनीमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
यसैबिच, प्रहरीले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएका कोही व्यक्ति भएमा ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण