एमाले बैठकका ६ निर्णय सार्वजनिक
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ।
- बैठकले संसदीय दलको नेता चयन, साइबर आक्रमणको निन्दा र विद्यार्थी संगठनमाथिको प्रतिबन्धको विरोध गरेको छ।
- पार्टीले सरकारी विज्ञापन नीति, विवादित अभिव्यक्ति र पश्चिम एसियामा रहेका नेपालीको सुरक्षाबारे आफ्नो धारणा स्पष्ट पारेको छ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले गरेका विभिन्न ६ वटा निर्णय सार्वजनिक भएका छन् ।
शुक्रबार कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता चयन लगायत विषयमा निर्णय गरेको हो ।
के–के गर्याे निर्णय ?
१. संसदीय दलको नेता चयन : पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ ।
२. विवादित अभिव्यक्ति सच्याइएको : कार्यवाहक अध्यक्ष बादलले संसदमा नेपाली सेना, निजामती प्रशासन र अन्य संवैधानिक निकायका बारेमा दिएको अभिव्यक्तिप्रति पार्टीले गम्भीर समीक्षा गर्दै ती निकायहरूप्रति पार्टीको सम्मान र सद्भाव यथावत रहेको स्पष्ट पारेको छ ।
३. साइबर आक्रमणको निन्दाः पार्टीका नेता तथा कार्यकर्ताहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भत्र्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
४. विद्यार्थी संगठनमाथिको प्रतिबन्धको विरोधः सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरिएको छ ।
५. विज्ञापन नीतिको विरोधः सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने सरकारको निर्णयले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ ।
६. वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षाः पश्चिम एसियामा जारी द्वन्द्वका कारण असुरक्षित बनेका नेपालीहरूको उद्धार र सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण