एमालेले गर्यो विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्धको विरोध
शुक्रबार, २० चैत २०८२, २० : २५
सारांश
- नेकपा एमालेले सरकारले विद्यार्थी सङ्गठनमाथि लगाएको प्रतिबन्धको कडा विरोध गरेको छ।
- पार्टीले संसदीय दलको नेता चयन प्रक्रियामा कुनै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारेको छ।
- बैठकले पार्टीका नेता विरुद्ध भइरहेको साइबर आक्रमणको भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।
काठमाडौँ । नेकपा एमालेले सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने र प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै त्यसको कडा विरोध गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यवाहक अध्यक्ष राम बहादुर थापा‘बादल’को अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णयको विरोध गरेको हो ।
पार्टीले प्रजातान्त्रिक विधिबाट संसदीय दलको नेता चयन गरिएको र यसमा कुनै बाह्य हस्तक्षेप नभएको पनि स्पष्ट पारेको छ ।
बैठकले पार्टीका नेता तथा कार्यकर्ताहरू विरुद्ध भइरहेको नियोजित साइबर आक्रमणको भर्त्सना गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण