गुण्डागर्दीको आरोपमा काठमाडौँका विभिन्न ठाउँबाट १७ जना पक्राउ
सारांश
- काठमाडौँका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा अधिकांश काभ्रेली समूह र श्याम लामा समूहका सदस्यहरू रहेका छन्।
काठमाडौँ । प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको छ । गएराति प्रहरीले काठमाडौँको विभिन्न ठाउँबाट गुण्डागर्दीमा संलग्न १७ जनालाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको छ । आरोपीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा धेरै ‘काभ्रेली समूह’मा आबद्ध गुन्डाहरू छन् ।
पक्राउ पर्नेमा काभ्रेली समूहका सञ्जि लामा, सिन्धुपाल्चोक घर भएका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत छन् । सुरेश गुरुङ गुन्डा नाइके श्याम लामा समूहका सदस्य हुन् । सिन्धुपाल्चोक घर भएका श्याम लामा फरार छन् ।
थप ४ जना जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन् । प्रवीण तामाङ श्याम लामा समूहमा आबद्ध रहेर बौद्ध क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।
बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा सक्रिय गुण्डा हुन् । सुजन कार्की कलंकी क्षेत्र र हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
-
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
-
रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण