पर्यावरणीय सभ्यताबारे सी जिनपिङको विचारमाथि नेपालमा छलफल
सारांश
- विज्ञहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङको पर्यावरणीय सभ्यतासम्बन्धी अवधारणा विश्वभर लागू गर्नुपर्नेमा जोड दिएका छन्।
- काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थविद् तथा विज्ञहरूले प्रकृति संरक्षण र दिगो विकासको महत्त्वबारे चर्चा गरेका छन्।
- विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै वक्ताहरूले पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याएका छन्।
काठमाडौँ । विज्ञहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने बताएका छन् । पर्यावरणीय सभ्यता भएमात्रै दिगो विकास सम्भव भएकाले राष्ट्रपति सीको अवधारणा विश्वभर लागू हुनुपर्ने उनीहरूको भनाइ छ ।
शुक्रबार फ्रेन्ड्स अन द क्लाउड : प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रियामा अर्थविद् डा.चन्द्रमणि अधिकारी, डा.धर्म उप्रेती, डा.सञ्जयनाथ खनाल, संविधानसभा सदस्य विनोद पहाडी र संस्थाका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयमा धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिँड्नुपर्ने र हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै भएको उल्लेख गरे । निश्छल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको जनाउँदै उनले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दूषित हुने धारणा राखे ।
डा.धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनि सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य रहेको धारणा राखे । डा.सञ्जयनाथ खनालले दिगो विकासको मान्यतालाई आत्मसात् गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिँढीलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।
संविधानसभा सदस्य पहाडीले नेपालका पहाड नाङ्गो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए । चिनियाँ राष्ट्रपति सी जिनपिङले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण