चोटपछिको पुनरागमनमा रोनाल्डोको दुई गोल
रियाद । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले चोटपछिको मैदान फिर्तीलाई निकै भव्य बनाएका छन्। शुक्रबार साउदी प्रो लिग अन्तर्गत अल नज्माविरुद्धको खेलमा दुई गोल गर्दै ४१ वर्षीय पोर्चुगिज फरवार्डले आफ्नो टोली अल नासरलाई ५–२ को सानदार जित दिलाएका हुन्।
ह्यामस्ट्रिङको चोटका कारण एक महिनाभन्दा बढी समय मैदान बाहिर रहेका रोनाल्डोले सुरुवाती ११ मा फर्किएकै खेलमा आफ्नो जादु देखाए। खेलको ५६औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै रोनाल्डोले अल नासरलाई अग्रता दिलाएका थिए। त्यसपछि ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको जित सुनिश्चित गरे।
यो दुई गोलसँगै रोनाल्डोको आधिकारिक करियर गोल सङ्ख्या ९६७ पुगेको छ। इतिहासमै १ हजार गोल पुरा गर्ने पहिलो खेलाडी बन्ने दौडमा रहेका उनले यो उपलब्धि हासिल गर्न अब केवल ३३ गोल मात्र बाँकी छ। रोनाल्डोसँगै पूर्व लिभरपुल फरवार्ड साडियो मानेले पनि दुई गोल गरेपछि अल नासरले सहज जित निकाल्न सफल भयो।
फेब्रुअरी २८ मा अल फायहाविरुद्धको खेलमा घाइते भएका रोनाल्डोले आफ्नो उपचारका लागि स्पेनमा समेत समय बिताएका थिए। चोटकै कारण उनले क्लबका तीनवटा लिग खेल र पोर्चुगलका लागि मेक्सिको तथा अमेरिकाविरुद्धका मैत्रीपूर्ण खेलहरू गुमाउनुपरेको थियो।
यो जितपछि अल नासरले लिग तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। डिसेम्बर २०२२ मा साउदी क्लबमा आबद्ध भएयता रोनाल्डो आफ्नो पहिलो प्रमुख उपाधिको नजिक पुगेका छन्।
लिगको सर्वाधिक गोलकर्ताको दौडमा भने रोनाल्डो अहिले तेस्रो स्थानमा छन्। उनी शीर्ष स्थानमा रहेका इभान टोनीभन्दा केवल दुई गोलले मात्र पछाडि छन्। खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममा खुसी व्यक्त गर्दै रोनाल्डोले 'मैदानमा फर्किन पाउँदा खुसी लागेको' र 'टोली सँगै अगाडि बढ्ने' सन्देश लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर
-
रास्वपा महाधिवेशन : ३० तस्बिरमा हेर्नुहाेस् उम्मेदवारी दर्ता फारम भरिरहेका प्रतिनिधिहरू
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण