एनआरएनएको परोपकार विभागको जिम्मेवारी रामशरण सिम्खडालाई
सारांश
- गैरआवासीय नेपाली संघको परोपकार तथा मानवीय सहायता विभागको प्रमुखमा उपाध्यक्ष रामशरण सिम्खडा चयन भएका छन्।
- यो विभागले एक एनसीसी एक परियोजना, मोबाइल ब्लड बस, विपद् व्यवस्थापन र बाल शिक्षा जस्ता चार मुख्य स्तम्भमा काम गर्नेछ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को परोपकार तथा मानवीय सहायता (पीएचए) विभागको प्रमुखमा उपाध्यक्ष रामशरण सिम्खडा चयन भएका छन् ।
यो विभाग मुख्य चारवटा स्तम्भ (पिलर) मा केन्द्रित रहनेछ। जसमा 'एक एनसीसी एक परियोजना', 'एक प्रदेश एक मोबाइल ब्लड बस', 'विपद् व्यवस्थापन' र 'अर्न एण्ड एजुकेशन' (बाल शिक्षा परियोजना) रहेका छन्। यी परियोजनाहरू एनआरएनएको मानवीय सेवाको मुख्य आधारका रूपमा रहेको सिम्खडाले बताए ।
विभागको संरचनाअनुसार 'एक एनसीसी एक परियोजना' को नेतृत्व सिम्खडा आफैँले गर्नेछन्। यसअन्तर्गत विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई नेपालमा कम्तीमा एउटा ठोस परोपकारी कार्यमा संलग्न गराउने लक्ष्य राखिएको छ।
त्यस्तै, 'अर्न एण्ड एजुकेशन' परियोजनाको नेतृत्व पनि सिम्खडाले नै सम्हाल्नेछन्, जसले विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्य लिएको छ।
यसैगरी, 'एक प्रदेश एक मोबाइल ब्लड बस' परियोजनाको संयोजक ददिवाल खड्कालाई जिम्मेवारी दिइएको छ। यसले नेपालका सातै प्रदेशमा आधुनिक रगत सङ्कलन बसको व्यवस्था गर्नेछ। त्यस्तै, नेपालमा आइपर्ने प्राकृतिक विपत्तिमा तत्काल उद्धार र राहतका लागि क्रियाशील रहने 'विपद् व्यवस्थापन' समितिको नेतृत्व मनोज श्रेष्ठलाई सुम्पिएको छ।
सिम्खडाले एनआरएनएको यो विभागमार्फत परोपकारी कामलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने बताए । उनले सबै क्षेत्रको कभरेज हुने गरी र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए। हालै बसेको एनआरएनएको बैठकले केन्द्रीय पदाधिकारीहरूबीच विभागीय जिम्मेवारी बाँडफाँड गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण