स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीले दुई अमेरिकी विमान खसालेको इरानको दाबी
तेहरान । इरानको संयुक्त सैन्य कमाण्डले आफ्नो नयाँ र स्वदेशमै निर्मित अत्याधुनिक हवाई रक्षा प्रणालीको प्रयोग गरी शुक्रबार दुईवटा अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ।
इरानी सरकारी समाचार एजेन्सी इरना का अनुसार देशको दक्षिण–पश्चिमी क्षेत्रको आकाशमा उडिरहेको एउटा एफ–१५ई र त्यसको चालक दललाई उद्धार गर्न आएको अर्को ए–१० वार्थोग विमानलाई इरानी सेनाले खसालेको हो।
इरानी प्रवक्ता इब्राहिम जोल्फागारीले यस घटनालाई अमेरिका र इजरायलका लागि अपमानजनक क्षण भएको टिप्पणी गर्दै अब इरानको आकाशमा आफ्नो पूर्ण नियन्त्रण कायम हुने चेतावनी दिएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डले हालसम्म विमान खसेको वा खसालिएको बारे आधिकारिक पुष्टि गरिसकेको छैन।
यद्यपि, दक्षिण इरानमा बेपत्ता भएका एक अमेरिकी सैनिक अधिकारीको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ। ती हराइरहेका अधिकारीलाई फेला पार्नका लागि इरानी अधिकारीहरूले करिब ६६ हजार डलरको पुरस्कार समेत घोषणा गरेका छन् ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार उद्धार कार्यमा खटिएको ए–१० विमानका पाइलट भने खाडी क्षेत्रमा खसेपछि सकुशल उद्धार गरिसकिएको छ।
यसैबिच दुवै पक्षबाट आक्रमणको शृङ्खला रोकिएको छैन।
इरानले बुसेहर आणविक ऊर्जा केन्द्र नजिकै इजरायलले चौथो पटक आक्रमण गरेको र एक जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै, इरानको एक प्रमुख पेट्रोकेमिकल कम्प्लेक्सलाई पनि निशाना बनाइएको छ।
जवाफमा इरानले इजरायलमा पनि रातभर मिसाइल वर्षा गरेको भिडियोहरू सार्वजनिक भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण