पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सारांश
- नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ।
- आज देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ।
- तराईका केही भूभागमा हावाहुरीसहित हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा र हिमपात हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी
-
यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड
-
विकेन्द्रीकरण र व्यवस्थित सहरीकरणका लागि लेखनाथको पुनःस्थापना अनिवार्य
-
रास्वपाको उपसभापति दौडबाट समीक्षा बाँस्कोटा पछि हटिन्
-
ब्राइटनको संघर्षदेखि विश्वकप गोल्डेन बुट दाबेदारसम्म
-
पोखराबाट लेखनाथ टुक्र्याउने बेमौसमी बहस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण