जुम्लाको दुर्गा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक एकसाथ पदमुक्त
सारांश
- जुम्लाको दुर्गा मावि परीक्षा केन्द्रमा एसईई परीक्षाका क्रममा लापरबाही गर्ने केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त भएका छन्।
- उत्तरपुस्तिका हराएको र फेरि भेटिएको घटनामा लापरबाही देखिएपछि जिल्ला परीक्षा समितिले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
- शिक्षा विकास तथा समन्वय इकाईले सो केन्द्रमा प्रेमबहादुर शाहीलाई नयाँ केन्द्राध्यक्षका रूपमा नियुक्त गरेको छ।
काली बहादुर परियार
जुम्ला । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तोकिएको दुर्गा मावि लाम्रा केन्द्रका केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावल पदमुक्त भएका छन् । तातोपानी गाउँपालिका–५ स्थित सो केन्द्रका केन्द्राध्यक्ष शर्मा र निरीक्षक एकैसाथ पदमुक्त भएका हुन् ।
बिहीबार सकिएको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापरबाही गरेको भन्दै उनीहरूलाई जिल्ला परीक्षा समितिले पदमुक्त गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश लुवारका अनुसार नयाँ केन्द्राध्यक्षका रूपमा सोही विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीलाई नियुक्त गरिएको बताए ।
उनका अनसार, पहिलो दिनको परीक्षामा एउटा उत्तरपुस्तिका हराएको भनियो । दोस्रोपटक गन्दा भेटियो भनियो । यो लापरबाहीपूर्ण कार्य सञ्चार माध्यममा फैलिएपछि छानबिनका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश लुवार नेतृत्वको टोली परीक्षा केन्द्रमै पुगेको थियो ।
बिहान ७ बजे केन्द्रमा पुगेको टोलीले दिउँसो २ बजेसम्म छानबिन गरेको थियो । छानबिनका क्रममा एकपटक गन्दा नभेटिएको उत्तर पुस्तिका दोस्रोपटक गन्दा लट्पटिएको अवस्थामा भेटिएको भन्ने सुनियो ।
उत्तरपुस्तिका हराउनु र भेटिनुको बीचमा ठुलो लापरबाही देखिएकाले परीक्षा अवधिभर परीक्षा केन्द्रमा जान नपाउने गरेर उनीहरूलाई पदमुक्त गरिएको प्रमुख लुवारले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लुवारको नेतृत्वको टोलीले बिहानै देखि मुचुल्का गरेर ७ नम्बर लाहाछाप लगाएको उत्तर पुस्तिकाको पोको लाम्रा प्रहरी चौकीका प्रमुख र सशस्त्र प्रहरी बलका एसपी देबबहादुर बोहराको रोहबरमा खोलेर हेरेको थियो ।
उनले भने, हराएको भनिएको उत्तर पुस्तिका भेटियो तर केन्द्रमा लापरबाहीका कारणले यो समस्या आएको भन्दै केन्द्राध्यक्षलाई पदमुक्त गर्ने निर्णय भएको जानकारी दिए ।
केन्द्राध्यक्ष शर्मा र सो दिनको परीक्षामा कोठा नं ५ मा निरीक्षकका रूपमा रहेका शिक्षकलाई समेत पदमुक्त गरिएको हो । उत्तर पुस्तिकाको वास्तविक अध्ययन गर्दा थप उत्तरपुस्तिका हालेको देखिएन ।
तर उही उत्तरपुस्तिका गोलमोटल राख्नु पनि गलत भएको निष्कर्ष टोलीले निकालेको छ । नवनियुक्त केन्द्राध्यक्ष शाहीले अङ्ग्रेजी विषयको परीक्षामा संलग्नलाई निरीक्षकका रूपमा नराख्ने बताए ।
उनले अब कडाइका साथ नयाँ तरिकाले परीक्षा चलाइने बताए । परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन पहल हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण