शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

लुइजियानामा परेडमा गाडी ठोक्किँदा १५ जना घाइते, चालक पक्राउ

आइतबार, २२ चैत २०८२, १० : ५७
आइतबार, २२ चैत २०८२

सारांश

  • अमेरिकाको लुइजियानामा परेडका क्रममा गाडीले ठक्कर दिँदा १५ जना घाइते भएका छन्।
  • दुर्घटनामा संलग्न ५७ वर्षीय चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रहरीको प्रारम्भिक अनुसन्धानले उक्त घटना नियोजित नभएको संकेत गरेको छ।

वासिङ्टन डिसी । अमेरिकाको लुइजियाना राज्यमा परेडका क्रममा गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको  अवस्था गम्भीर रहेको इबेरिया परिश शेरिफको कार्यालयले  जनाएको छ । 

शनिबार ग्रामीण क्षेत्रमा भएको उक्त घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानले भने यो घटना नियोजित नभएको संकेत गरेको शेरिफको कार्यालयकी सूचना अधिकृत रेबेका मेलानकोनले बताएकी छिन् ।

प्रहरीका अनुसार ५७ वर्षीय पुरुष चालक दुर्घटनाको समयमा मदिरा सेवन गरेको अवस्थामा पक्राउ परेका थिए । उनलाई मदिरा सेवन गरेर सवारी चलाएको, लापरबाहीपूर्वक सवारी सञ्चालन गरेको, गम्भीर लापरबाहीका कारण चोट पु‍र्याएको तथा सवारीभित्र मदिरा राखेको आरोपमा पक्राउ गरिएको छ ।

घटनापछि लुइजियाना राज्य प्रहरीलाई पनि उद्धार तथा अनुसन्धानमा सहयोगका लागि बोलाइएको थियो । उक्त घटना भइरहेको बेला नजिकै लुइजियाना लाओ न्यू इयर फेष्टिभल सञ्चालन भइरहेको थियो। 

आयोजकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सुरक्षा स्रोतहरू घटनास्थलमा खटाइएकाले साँझका सांगीतिक कार्यक्रमहरू रद्द गरिएको जानकारी दिएका छन् । आइतबार सुरक्षा व्यवस्थाको अवस्था हेरेर मात्रै कार्यक्रम जारी राखिने बताइएको छ । यसमा पनि धार्मिक गतिविधि र पसलहरू मात्र सञ्चालन हुने भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप