सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हराइरहेका अमेरिकी सेना भएको ठाउँमा कम्तीमा चार जनाको मृत्यु

आइतबार, २२ चैत २०८२, १३ : ५३
आइतबार, २२ चैत २०८२

सारांश

  • इरानको कोहगिलुयेह र बोयर-अहमद प्रान्तमा भएको हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
  • स्थानीय गभर्नरले उक्त घटनाका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्‍याएका छन्।
  • हराइरहेका अमेरिकी सैनिक र उक्त आक्रमणबीचको सम्बन्धबारे अझै स्पष्ट हुन सकेको छैन।

तेहरान । अमेरिकी वायुसेना हराइरहेका सदस्य रहेको भनिएको क्षेत्रमा भएको हवाई आक्रमण कम्तीमा चार जनाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 तास्निम न्यूज एजेन्सीले इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बद्ध स्रोतलाई उद्धृत गर्दै दक्षिण–पश्चिमी कोहगिलुयेह र बोयर(अहमद प्रान्तको पहाडी क्षेत्रमा भएको आक्रमणमा सुरुआतमा तीन जनाको मृत्यु भएको भनिएको थियो । 

स्थानीय गभर्नरले उक्त आक्रमणका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर गरेका थिए । पछि प्रान्तका उप–गभर्नर फत्ताह मोहम्मदीले स्थानीय मिडियासँग कुरा गर्दै मृतक संख्या बढेर चार पुगेको जानकारी दिए ।

यसैबीच, उक्त आक्रमण हराइरहेका अमेरिकी सैनिकको उद्धार अभियानसँग सम्बन्धित थियो वा थिएन भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप