२४ घण्टामा १२० इरानी ठेगानामा हमला
आइतबार, २२ चैत २०८२, १४ : ०१
सारांश
- इजरायलले पछिल्लो २४ घण्टामा इरानका १२० भन्दा बढी स्थानहरूमा आक्रमण गरेको छ।
- इजरायली सेनाले इरानको सैन्य पूर्वाधार, ड्रोन उत्पादन केन्द्र र क्षेप्यास्त्र स्थलहरूलाई लक्षित गरेको जनाएको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमणहरूमा केही इरानी सैन्य नेताहरूको मृत्यु भएको दाबी गरेका छन्।
तेल अभिभ । इजरायलले इरानका १२० भन्दा धेरै स्थानमा आक्रमण गरेको छ । गएको २४ घण्टामा सैन्य पूर्वाधार समेतका कयौँ ठाउँमा आक्रमण भएको भन्दै इजरायली सेनाले आइतबार बिहान भनेको हो ।
आक्रमण मध्य र पश्चिमी इरानमा भएका हुन् । इजरायली रक्षा बल (आईडीएफ)का अनुसार ड्रोन उत्पादन केन्द्र, प्रहार स्थल, क्षेप्यास्त्र प्रदर्शन स्थल, हवाई रक्षा स्थलहरूमाथि हमला गरिएको थियो ।
शनिबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएका व्यापक हमलामा परेर कयौँ इरानी सैन्य नेताको मृत्यु भएको दाबी गरेका थिए । तर उनले यसबारे थप विवरण दिएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण