राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
आइतबार, २२ चैत २०८२, १५ : ४२
सारांश
- राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ।
- प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन्।
- संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभाको अर्को बैठक आगामी चैत्र २३ गते बस्ने गरी स्थगित भएको छ।
काठमाडौँ । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सो प्रतिवेदन पेस गरेकी हुन् ।
संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन सङ्घीय संसद्मा पेस गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण