हलेसी तुवाचुङका ९४ परिवारलाई निःशुल्क जस्तापाता
सारांश
- हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट पीडित ९४ परिवारलाई जस्तापाता वितरण गर्यो।
- नगरपालिकाले ५० लाख रुपैयाँ बराबरको जस्तापाता किनेर निःशुल्क वितरण गरेको हो।
- विमला राईले विपद् व्यवस्थापन कोषबाट राहत वितरण गरिएको जानकारी दिइन्।
खोटाङ । हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिकाका ९४ पीडित परिवारलाई नगरपालिकाले जस्तापाता उपलब्ध गराएको छ ।
यही चैत २ गते राति वर्षासँगै चलेको हावाहुरीले घरको छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई पुनः सोही ठाउँमा स्थापित गराउन नगरपालिकाले रु ५० लाख बराबरको जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराएको हो । हावाहुरीले छाना उडाएपछि बिचल्लीमा परेका नगरवासीलाई प्राविधिक मूल्याङ्कनको आधारमा जस्तापाता खरिद गरेर निःशुल्क उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिए ।
“विपद्मा परेका नागरिकलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन नगरपालिकामा विपद् व्यवस्थापन कोष स्थापना गरिएको छ । यही चैत २ गतेको हावाहुरीले १७० भन्दा बढी घरमा क्षति गरेको थियो । जसमध्ये पूर्ण क्षति भएकालाई जस्तापाता उपलब्ध गराएका हौँ”, उनले भने । बाँकी पीडित परिवारलाई नगरपालिकाको तर्फबाट त्रिपाललगायतका राहत सामग्री खरिद गरेर उपलब्ध गराएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण