स्वास्थ्य मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन
सारांश
- स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउन उच्चस्तरीय समिति गठन गर्यो।
- समितिलाई फ्रि हेल्थ पोर्टल बनाउने, डिजिटल स्वास्थ्य प्रणाली विकास गर्ने जिम्मेवारी दिइयो।
- डा. केसीले समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको बताए।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवालाई थप पारदर्शी र व्यवस्थित बनाउन समिति गठन गरेको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिए ।
समितिलाई आगामी १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्ने, बिरामीको उपचार इतिहास, ‘रिफरल’, पुनःसेवा र ‘क्लिनिकल फलोअप’ व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणालीका लागि डिजिटल, एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास तीन महिनाभित्र गर्ने, अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्ति नियन्त्रण गर्ने, स्पष्ट ‘रिफर प्रोटोकल’लगायतका प्रणाली लागू गर्न समितिलाई कार्यादेश दिएको छ ।
सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्न, अस्पताल फार्मेसीमा औषधिको मौज्दात तथा मूल्य देखिने डिजिटल प्रणाली १५ दिनभित्र निर्माण गरी सञ्चालनमा ल्याउन कार्यादेश दिएको जनाइएको छ ।
मन्त्रालयका सूचना अधिकारी केसीले १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समयसीमा तोकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण