पार्टीको सबै समितिमा युवाहरूलाई समेट्न प्रचण्ड समक्ष युवाहरूको माग
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका युवाहरूले पार्टीको हरेक समितिमा ६० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन्।
- युवाहरूले निर्वाचनमा जेनजी उम्मेदवारलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि पोखेका छन्।
- मागको बेवास्ता गरिएमा देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका युवाहरूले पार्टीको हरेक समितिमा ६० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गर्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा युवाहरूले प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
जेनजी आन्दोलनको भावना अनुसार निर्वाचनको बेला प्रत्यक्ष र समानुपातिक बन्द सूचीमा युवाहरूलाई बेवास्ता गरिएकोमा पनि उनीहरूले असन्तुष्टि पोखेका छन् ।
‘प्रतिनिधिसभा निर्वाचनका क्रममा देशभरका १६५ निर्वाचन क्षेत्रमा जेनजी उम्मेदवारहरू सिफारिस गर्ने परिपत्र जारी भए तापनि, एक जना पनि जेनजी उम्मेदवारलाई उम्मेदवार बनाउने निर्णय गर्न नसक्नु दुःखद र चिन्ताजनक विषय हो । त्यसैगरी, समानुपातिक बन्द सूचीमा समेत ४० वर्ष मुनिका एक जना युवा समेत समावेश नगरिनु पार्टीको युवाप्रति असंवेदनशीलताको स्पष्ट सङ्केत हो। यस्ता विडम्बनापूर्ण अवस्थाबिच पनि हाम्रो पार्टी निर्वाचनमा सहभागी भएको यथार्थ दिनको घाम जत्तिकै छर्लङ्ग छ’, ज्ञापन पत्रमा भनिएको छ ।
चार बुँदे ज्ञापन पत्रमा पार्टीको सबै समितिमा ६० प्रतिशत युवा सुनिश्चित गर्नुपर्ने, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवालाई नसमेटिएकोमा सार्वजनिक रूपमा स्वीकार गर्नुपर्ने, सिमित नेताहरूको स्वार्थ अनुकूल बनाइएको विधान संशोधन गर्नुपर्ने, पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति अविलम्ब सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।
मागको बेवास्ता गरिएमा देशव्यापी सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने र त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी पार्टी नेतृत्वले वहन गर्नुपर्नेछ अगुवा भुवन सिंह विष्टले बताएका छन् । विष्ट अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य हुन् । ज्ञापन पत्रमा ५० जना जतिको हस्ताक्षर भएको उनले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण