अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ
सारांश
- सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटका अभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
- अमिशा पराजुलीले दिएको उजुरीका आधारमा साइबर ब्युरोले आरोपितलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।
काठमाडौँ । नेकपा एमालेको विरोध कार्यक्रममा भाग लिन गएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
२० वर्षीया अमिशालाई फेसबुकमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका–२ घर भएका २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए ।
रौतहटबाट पक्राउ गरेर उनलाई काठमाडौँ ल्याएको पुष्टि गर्दै एसपी गिरीले भने– ‘आइतबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’
प्रारम्भिक सोधपुछको क्रममा चौधरीले आफूले कमेन्ट गरेको स्वीकार गरेका छन् । अमिशालाई यौन हिंसाजन्य कमेन्ट गर्ने अन्य आरोपीहरूको विवरण पनि साइबर ब्युरोले मेटा (फेसबुक)सँग मागेको एसपी गिरीले बताए ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई पक्राउ गरेको विरोधमा सड्क प्रदर्शनमा सहभागी भएकै कारण आफूमाथि डिजिटल यौन हिंसा भएको भन्दै अमिशाले चैत १८ मा साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण