‘हामी तीन भाइ’को पहिलो साताको कमाइ जम्मा ६ लाख
काठमाडौँ । फिल्म ‘हामी तीन भाइ’ले पहिलो साता ६ लाख आम्दानी गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले गत शनिबारसम्मको सोमबार सार्वजनिक गरेको फिल्मको एक साताको आम्दानीमा ६ लाख ३२ हजार तीनसय ४४ रुपैया ग्रस कलेक्सन उल्लेख छ । यो अवधिमा फिल्मको २२८५ वटा मात्र टिकट बिकेका छन् ।
फ्राइडे रिलिजअन्तर्गत गत १३ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको थियो । देशभरका १ सयभन्दा बढी शोसहित प्रदर्शनमा आएको फिल्मको व्यवसाय भने न्यून छ ।
सामाजिक कथामा कमेडी, पारिवारिक खटपट तथा सन्देश पनि दिने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय छ ।
फिल्म मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण