१० बजे १० समाचार : ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, सभामुख अर्यालले किन फेर्न लगाए कुर्सी ?
आज २०८२ चैत २३ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, सभामुख अर्यालले किन फेर्न लगाए कुर्सी ? राष्ट्रिय सभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित, उपसभामुखमा कांग्रेसको दाबी, प्रतिनिधि सभाले गठन गर्यो दुई वटा समिति, कर्णालीमा कांग्रेसभित्र सरकार छाड्न वा नेतृत्व लिन दबाब लगायत छन् ।
१. ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । यद्यपि उनीहरूको तेस्रो पटक थपिएको म्यादभित्रै अनुसन्धान पूरा गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।
२. सभामुख अर्यालले किन फेर्न लगाए कुर्सी ?
सभामुख डीपी अर्यालले आफ्नो कुर्सी फेर्न लगाएका छन् । सोमबार सभामुखको आसनमा बसेर प्रतिनिधि सभा बैठक सञ्चालन गरेका अर्यालले त्यसअघि कुर्सी फेर्न लगाएका हुन् । सांसदहरूका लागि व्यवस्था गरिएको भन्दा फरक कुर्सी आफ्नो लागि राखिएपछि उनले सांसद सरहकै कुर्सी व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
३. राष्ट्रिय सभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले भण्डारीको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
४. उपसभामुखमा कांग्रेसको दाबी
प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेसले दाबी गरेको छ । सो पार्टीका प्रवक्ता देवराज चालिसेले उपसभामुखमा आफूहरूको दाबी स्वाभाविक रहेको बताए ।
५. प्रतिनिधि सभाले गठन गर्यो दुई वटा समिति
सोमबार बसेको प्रतिनिधि सभा बैठकले दुई वटा समिति गठन गरेको छ । बैठकले कार्यव्यवस्था परामर्श समिति र प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको हो ।
६. कालोबजारी नियन्त्रणमा के छ सरकारको तयारी ?
नेपालमा इन्धनको मूल्य लगातार वृद्धि भएपछि बजारमा दैनिक उपभोग्य वस्तुको महँगी अनियन्त्रित बनेको छ । इन्धनको दुई पटकसम्म मूल्य बढेसँगै यातायात भाडा र ढुवानी लागत समायोजनको तयारी भइरहेको छ । तर ढुवानी भाडा बढेको बहाना बनाएर व्यवसायीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएर उपभोक्ताको ढाड सेक्न थालेका छन् ।
७. कर्णालीमा कांग्रेसभित्र सरकार छाड्न वा नेतृत्व लिन दबाब
कर्णालीमा नेपाली कांग्रेसलाई सरकार छाड्न वा नेतृत्व लिन दबाब बढेको छ । यद्यपि कांग्रेसले सरकारका सम्बन्धमा ठोस निर्णय गर्न सकेको छैन ।
८. अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा उछाल
केही समयदेखि घट्दो क्रममा रहेको नेपालको सेयर बजारमा सोमबार उत्साह देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सेयर बजारबारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
९. महान्यायाधिवक्ताबाट किन हुन्छ अधिकार दुरुपयोग ?
सरकारको कानुनी सल्लाहकार अर्थात् महान्यायाधिवक्ताले नै अधिकार दुरुपयोग गरेका घटना बारम्बार प्रकाशमा आउने गरेको छ । पछिल्लो समय महान्यायाधिवक्ताले सत्ता पक्षको स्वार्थ अनुसार आफ्नो विशेषाधिकारलाई प्रयोग गर्दै आएको पाइएको हो ।
१०. नयाँ सवारी लाइसेन्स छपाइ अब २४ घण्टामै
नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा अबदेखि नयाँ लाइसेन्सका लागि प्रक्रिया पूरा भएको २४ घण्टाभित्रै कार्ड छापिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण