सर्वोच्चले भन्यो– ओली र लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको देखिएन
सारांश
- सर्वोच्च अदालतले केपी शर्मा ओली र रमेश लेखकलाई गरिएको थुनालाई गैरकानुनी मान्न नमिल्ने ठहर गरेको छ।
- फौजदारी कसूरको अनुसन्धानका लागि अदालतबाट म्याद थप भई हिरासतमा राखिएको कार्य कानुनसम्मत रहेको अदालतले जनाएको छ।
- अदालतले थुनालाई कानुनी माने पनि विशिष्ट र मानवीय आधारमा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्न नमिल्ने ठहर गरेको छ ।
सोमबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले फौजदारी कसूरको अनुसन्धानका लागि अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानुन प्रतिकूल भन्न नमिल्ने ठहर गरेको हो ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै ओलीका तर्फबाट पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोदा लेखक बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
आदेशमा भनिएको छ, ’महान्यायाधिवक्ताको कार्यालयमार्फत प्राप्त अनुसन्धान तहकिकातको मिसिलबाट देखिएको स्थितिमा फौजदारी कसूरको अनुसन्धान तहकिकातको सिलसिलामा अदालतबाट म्याद थप भई न्यायिक हिरासतमा राखिएको कार्यलाई कानुन प्रतिकूल भन्न नमिल्ने हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिलेन ।’
अदालतले निवेदकहरू चैत १४ गते पक्राउ परेको, १५ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउको स्वीकृति लिएको र पटक–पटक म्याद थप गरी अनुसन्धान भइरहेको देखिएकाले यसलाई कानुनी प्रक्रिया बमोजिमकै ठहर गरेको हो । उनीहरू विरुद्ध २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
थुनालाई कानुनी माने पनि सर्वोच्चले केही विशिष्ट र मानवीय आधारमा उनीहरूलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न परमादेश भने जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण